काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेर २,७०२ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।













