काठमाडौं । आज नेप्से परिसूचक ० दशमलव ०८ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एपोलो हाइड्रोका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।













