काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ६६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले १४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकतार्नले ८ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।













