काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ ।
आज सबैभन्दा धेरै कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १३ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ८ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।













