काठमाडौं ।आज नेप्से परिसूचक १० दशमलव ०७ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर भाउ बढेको छ भने १७४ कम्पनीको शेयर भाउ घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले ९ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ३ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।













