काठमाडौं । आज नेप्से परिसूचक ३८ दशमलव १९ अंकले बढेर २,७८३ को विन्दुमा कायम भउको छ । आज २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । कुमारी धनवृद्धि योजनका इकाईधनीले ११ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।













