काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १३ दशमलव ७४ प्रतिशतका दरले कमाएका हुन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।













