काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।













