काठमाडौं । आज नेप्से परिसूचक ३४ दशमलव ६३ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ७ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले २ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।













