काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको हो ।
आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर, स्वेत गंगा र सुपर खुदीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।













