काठमाडौं । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर २,९६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।













