काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर २,७९८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभनदा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अपर हेवाखोला र सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।













