काठमाडौं ।नेप्से परिसूचक ३२ अंकले घटेर २,८४३ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।













