काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ३० अंकले बढेर २,६४८ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।













