काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ७ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।













