काठमाडौं । आज नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ । आज २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले १४ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले १२ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।













