काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर २,५७६ को विन्दुमा कायम भएको छ । आज १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कामना सेवा विकास बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० दशमलव २२ प्रतिशतका दरले कमाएका हुन् । सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव १९ प्रतिशतका दरले कमाएका हुन् ।













