काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव ४९ अंकले बढेर २,७४९ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक १ दशमलव ८७ प्रतिशतले बढेको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ६ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् ।













