काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ३८ अंकले घटेर २,६६९ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् । एशियन हाइड्रोपावरका लगानकिर्ताले ५ दशलमव ४९ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ४ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ४ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।