IME Life New

राजनीतिक स्थिरता नहुँदासम्म शेयर कारोबार स्थगित गर्न धितोपत्र बोर्डसँग लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताका छाता संगठनहरुले राजनीतिक स्थिरता नहुँदासम्म शेयर कारोबार स्थगित गर्न माग गरेका छन्।

लगानीकर्ताका ५ संगठन जनरल इन्भेस्टर एसोसिएन, नेपाल शेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघले आज संयुक्त रुपमा नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। ‘हालको विषम परिस्थितिलाई मनन गरी धितोपत्र बोर्डको समन्वयमा नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ता, सीडीएससी तथा अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र छलफल गरी राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरिदिनुहुन हामी लगानीकर्ताका विभिन्न संघसंगठनका तर्फबाट हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

देशको वर्तमान राजनीतिक अस्थिरता, गम्भीर सुरक्षा चुनौती र हालै घटेको दुःखद् घटनाले आमलगानीकर्तालाई मर्माहत र चिन्तित बनाएको ज्ञापनपत्रमा उल्लेख छ। ‘यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आमलगानीकर्ताको भावना र पुँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेखन हामी बाध्य भएका छौँ’, ज्ञापनपत्रमा भनिएको छ।

धितोपत्र बजार अत्यन्तै संवेदनशील हुने र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठूलो उतारचढाव ल्याउने ज्ञापनत्रमा उल्लेख छ। ‘यस्तो त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरुले विवेकपूर्ण र सही निर्णय लिन असम्भवप्रायः हुन्छ, जसले गर्दा बजारमा अनावश्यक बिक्री चाप सिर्जना भई समग्र पुँजीबजार नै धराशायी हुन सक्ने जोखिम बढेको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरुलाई अपूरणीय क्षति पुरÞ्याउन सक्छ। तसर्थ, पुँजीबजारको स्थायित्व र लाखौँ लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प देखिन्छ।’

देशमा शान्तिसुरक्षाको प्रत्याभूति भई अन्य आर्थिक गतिविधिका सम्पूर्ण अवयवहरु व्यवस्थित र सहज हुने परिस्थिति निर्माण भएपछि मात्र धितोपत्र बोर्डले उचित समयमा बजार पुनः सञ्चालन गर्ने व्यवस्था मिलान लगानीकर्ताहरुले माग गरेका छन्। ‘यस अवस्थामा यसअघि लगानीकर्ताले उठाएका मागहरु पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनका लागिसमेत जोडदार माग गर्दछौँ’, ज्ञानपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

8%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS