IME Life New

बीमा र शेयर बजार नियामकका यी ३ नेतृत्वलाई तत्काल हटाउन लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा र शेयर बजारका नियामकका नेतृत्वलाई तत्काल हटाउन लगानीकर्ताले माग गरेका छन्।

अर्थमन्त्री रामेश्वर खनाललाई बिहीबार भेटेर शेयर लगानीकर्ताले यस्तो माग गरेका हुन्। उनीहरुले शेयर बजार सुधारका लागि नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नेतृत्वलाई तत्काल हटाउन माग गरेका हुन्। उनीहरुले ती नेतृत्वले लगानीकर्ताको हितअनुसार काम गर्न नसकेको गुनासो अर्थमन्त्री खनालसमक्ष पोखेका छन्।

Esewa
Crest

लगानीकर्ताले अर्थमन्त्री खनाललाई भेट गरी नियामक निकायमा हुने नियुक्तिमा बिचौलियाको प्रभाव बढेको भन्दै शेयर बजारको सुधारका लागि काम नगरेका अध्यक्ष र सीईओ हटाउन माग गरेका छन् । शेयरबजार सुधार, विकास र विस्तार हुन नसकेकोले सरकारले तत्कालीन र दीर्घकालीन सुधारका लागि गर्नुपर्ने कामको विवरण अर्थमन्त्री खनालसमक्ष लगानीकर्ताले बुझाएका छन्।

लगानीकर्ताका छातासंगठन जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघले शेयर बजारको सुधारका लागि आवश्यक कदम चालेर तत्काल राहत प्रदान गर्न तथा दीर्घकालमा विकसित स्थापित गर्न माग गरेका छन्।

‘नेपालको पुँजी बजारको मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यपद्धतिमा आमूल सुधार गर्न आवश्यक भएकोले वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सर्वेसर्वा बनाउने कार्य तत्काल रोकिनुपर्छ’, अर्थमन्त्री खनालसमक्ष पेस गरिएको ज्ञापनपत्रमा भनिएकभो छ, ‘सक्षम व्यक्तिहरु नियुक्त गर्ने र सरकारमातहतका धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएसमा आवधिक सरुवा गर्ने व्यवस्था गरी काममा चुस्त ल्याउने व्यवस्था गर्नुपर्छ।’

शेयर लगानीकर्ताले शेयर धितो कर्जामा लाग्दै आएको सीमा तत्कालै हटाउन पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%
happy

खुसी

5%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS