IME Life New
GBIME

आइपीओमा आवेदन प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउन शेयर लगानीकर्ताको माग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मा आवेदन प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउन माग गरेका छन्।

शेयर लगानीकर्ताका छाता संगठनहरु शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त रुपमा केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ (सीडीएससी)लाई ४ बुँदै ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। ज्ञापनपत्रमा आइपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने माग गरिएको छ।

Crest

डीएससीकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)की प्रविन पन्दाकलाई बधाइ तथा शुभाकामना दिँदै शेयर लगानीकर्ताका संगठनहरुका प्रतिनिधिले बुझाएको ज्ञापनपत्रमा मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पुर्याउनुपर्ने सुझाव दिएका छन्।

यसैगरी शेयर लगानीकर्ताहरुले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने, लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने र यस्ता कार्यक्रमले पुँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने र सम्पूर्ण प्रणालीलाई मजबुत बनाउने ज्ञापनपत्रमा उल्लेख छ।

सीईओ पन्दाकको सफल नेतृत्वमा सीडीएससीको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लिनुका साथै सहकार्य गर्दै अगाडि बढ्ने कुराको समेत शेयरलगानीकर्ताहरुका संगठनले प्रतिबद्धता व्यक्त गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS