IME Life New

बैंकको मुद्दति निक्षेपमा १०%ले बढ्यो बीमकहरुको लगानी, रु. ६.६३ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२को तथ्यांकबाट यस्तो देखिएको हो।

समीक्षा अवधिमा बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ६३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०।८१मा बीमा कम्पनीहरुको लगानी ६ खर्ब १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १०.३ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ८७ अर्ब ४१ करोड १४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा नागरिक लगानी कोषको बैंकहरुमा लगानी ७.३ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकहरुमा नागरिक लगानी कोषको १ खर्ब २४ अर्ब ४० करोड २६ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा व्यक्तिगत निक्षेपको आकार पनि १२.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ४५ खर्ब ६० अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS