IME Life New

अन्तर्राष्ट्रिय बीमा नियामक संघले बीमा क्षेत्रका लागि औँल्यायो यस्ता चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय बीमा नियामक संस्था आईएआईएसले सार्वजनिक गरेको‘ वैश्विक बीमा बजार प्रतिवेदन २०२५’ ले विश्वव्यापी बीमा क्षेत्र समग्रमा वित्तीय रुपमा सबल देखिए पनि केही नयाँ संरचनात्मक जोखिमतर्फ सचेत गराएको छ। यसको असर नेपाल तथा दक्षिण एसियाली बीमा बजारमा पनि क्रमशः देखिन सक्ने संकेत गरेको छ।

प्रतिवेदनअनुसार विश्वका ठूला बीमा कम्पनीहरुमा पुँजी पर्याप्तता, नाफा र तरलता सन्तोषजनक अवस्थामा रहे पनि जीवन बीमा क्षेत्रमा निजी ऋण र वैकल्पिक सम्पत्तिमा बढ्दो लगानीले दीर्घकालीन जोखिम व्यवस्थापनमा नयाँ चुनौती थपेको छ।

Esewa
Crest

आईएआईएसले उल्लेख गरेअनुसार यस्तो लगानीले प्रतिफल त बढाउन सक्छ । तर, मूल्यांकन पारदर्शीता, तरलता जोखिम र सुपरभिजन क्षमतामा कमजोरी भएका बजारका लागि यसले जोखिम पनि बढाउन सक्छ। जुन नेपाल र दक्षिण एसियाली देशहरुका सन्दर्भमा विशेष चासोको विषय हो। यस क्षेत्रका धेरै बीमा बजार अझै विकासको प्रारम्भिक चरणमा रहेकाले नियामक तथा कम्पनीहरुले अन्तर्राष्ट्रिय प्रवृत्तिलाई ध्यानमा राख्दै लगानी नीति र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्ने देखिन्छ।

प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएको भूअर्थव्यवस्था विभाजनले मुद्रा उतारचढाव, पुनर्बीमा पहुँच र अन्तर्राष्ट्रिय लगानीमा अनिश्चितता बढाइरहेको उल्लेख गरेको छ। जसको प्रत्यक्ष असर दक्षिण एसियाली बीमा कम्पनीहरुको पुनर्बीमा लागत र जोखिम हस्तान्तरण क्षमतामा पर्न सक्ने देखिन्छ। नेपालजस्ता साना र खुला अर्थतन्त्र भएका मुलुकमा यस्तो बाह्य जोखिमलाई ध्यानमा राख्दै पुँजी योजना र दाबी भुक्तानी क्षमतामा अग्रिम तयारी आवश्यक हुने संकेत प्रतिवेदनले दिएको छ।

त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्रविधिको बढ्दो प्रयोगले बीमा सेवामा दक्षता, लागत कमी र ग्राहक पहुँच विस्तारमा सहयोग पुगे पनि डेटा सुरक्षा, साइबर जोखिम र मोडेल पारदर्शिताको विषयमा नियामक सतर्कता अपरिहार्य भएको आईएआईएसको निष्कर्ष छ। दक्षिण एसियाको विशेषगरी नेपालमा डिजिटल बीमा सेवा तीव्र रुपमा विस्तार हुँदै गएकाले प्रविधिसँगै जोखिम नियन्त्रण प्रणाली पनि समान रुपमा बलियो बनाउनुपर्ने देखिन्छ।

प्रतिवेदनले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग सम्बन्धित जोखिमलाई विश्वव्यापी बीमा क्षेत्रका लागि दीर्घकालीन चुनौतीका रुपमा औँल्याउँदै प्रकोप बीमाको जोखिम सुरक्षण अन्तर अझै ठूलो रहेको उल्लेख गरेको छ। भूकम्प, बाढी, पहिरोजस्ता उच्च जोखिम भएका नेपालजस्ता देशका लागि यो सन्देश विशेष महत्वको छ, जहाँ प्राकृतिक विपद्को जोखिम उच्च भए पनि बीमा पहुँच सीमित छ।

आईएआईएसको यो प्रतिवेदनले नेपाल तथा दक्षिण एसियाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय जोखिम, लगानी प्रवृत्ति, डिजिटल रुपान्तरण र जलवायु जोखिमप्रति अझ सजग हुँदै सुपरभिजन, पुँजी व्यवस्थापन र बीमा पहुँच विस्तारमा रणनीतिक सुधार गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS