IME Life New

अमेरिकाको चेतावनीपछि यो देशमा धमाधम उडान रद्द गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका धेरै प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले अचानक भेनेजुएलाका लागि आफ्ना उडानहरु रद्द गरेका छन्।

रोयटर्सको रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलामा निकोलस मादुरो सरकारलाई ‘अपदस्थ’ गर्ने धम्की दिएपछि डरको यो वातावरण सिर्जना भएको हो। जसले गर्दा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले धमाधम आफ्ना उडानहरु रद्द गर्न थालेका छन्। ब्राजिलको गोल, कोलम्बियाको एभियान्का र ट्याप एयर पोर्चुगलले शनिबार कराकसबाट आफ्नो निर्धारित उडानहरु सञ्चालन गरेनन्।

Esewa
Crest

अमेरिकाले कस्तो चेतावनी जारी गरेको छ ?

अमेरिका र भेनेजुएलाबीचको युद्ध तनाव फेरि एकपटक चरम सीमामा पुगेको छ। रिपोर्टहरुका अनुसार चार वरिष्ठ अमेरिकी अधिकारीहरुले ट्रम्प प्रशासनले आगामी दिनहरुमा भेनेजुएलाविरुद्ध नयाँ चरणको कारबाही सुरु गर्न सक्ने बताएका छन्। यद्यपि यी कार्यको समय र दायरा स्पष्ट छैन। स्रोतहरुले छलफल गम्भीर स्तरमा पुगेको संकेत गर्दछ। सुरुमा गोप्य अपरेसनहरु हुन सक्ने डर छ।

अमेरिकी एयरलाइन्सलाई चेतावनी

आइतबार जारी गरिएको रोयटर्सको रिपोर्टमा भनिएको छ, ‘अमेरिकी संघीय उड्डययन प्रशासन (एफएए) ले भेनेजुएलामाथि उडान गर्दा सम्भावित खतरनाक अवस्थाबारे एयरलाइन्सहरुलाई चेतावनी दिएको एक दिनपछि धेरै प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले शनिबार भेनेजुएला जाने र आउने उडान रद्द गरेका छन्।’

फ्लाइटराडर–२४ र सिमोन बोलिभर मैक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक वेबसाइटको पछिल्लो तथ्यांकअनुसार त्यसबेलादेखि एयरलाइन्सहरुले द्रुत गतिमा उडानहरु रद्द गर्न थालेका छन्।

एयरलाइन्सहरुमा डरको अवस्था

रोयटर्सका अनुसार कोलम्बियाको उड्डययन प्राधिकरण एरोनाउटिका सिभिलले सुरक्षा अवस्था बिग्रँदै गएको र क्षेत्रमा बढेको सैन्य गतिविधिका कारण मैक्वेटिया क्षेत्रमा उडानले सम्भावित जोखिम निम्त्याउने जनाएको छ। टीएपी एयर पोर्चुगलले पनि अर्को मंगलबारसम्मका लागि ओरोबाट आफ्नो उडानहरु रद्द गरेको पुष्टि गरेको छ। भेनेजुएलाको हवाई क्षेत्रमा सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अमेरिकी उड्डययन अधिकारीहरुले जारी गरेको चेतावनीपछि एयरलाइन्सले यो निर्णय गरेको जनाएको छ।

स्पेनको इबेरिया एयरलाइन्सले सोमबारदेखि अर्को सूचना नभएसम्म काराकासको उडानहरु रद्द गरिएको जनाएको छ। कम्पनीले परिस्थितिको मूल्यांकन गर्नेछ र त्यो देशमा उडानहरु कहिले पुनः सुरु गर्ने भन्ने निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS