काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशन, २०७९ को संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बीमकका आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा एकरुपमा कायम गर्न तथा प्रतिवेदनलाई समय सापेक्षा बनाउनका लागि निर्देशन संशोधन गर्न लागिएको हो ।
बीमकहरुले प्रत्येक त्रैमास समाप्त भएको मितिले ६० दिनभित्र आन्तरिक लेखापरीक्षण प्रतिवेदन नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । यसैबीच, बीमकहरुले त्रैमासिक रुपमा प्राधिकरणमा पेश गर्ने गरेका लेखापरीक्षण प्रतिवेदनमा देखिएका कैफियतहरुका सम्बन्धमा बीमकका प्रतिनिधिहरुसँग छलफल गरी प्राधिकरणले आवश्यक निर्देशन समेत दिएको छ ।












