IME Life New

तरलता बढ्दा घट्दै अन्तरबैंक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको छ । निक्षेप बढेर तरलता थुप्रिएसँगै बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा हुने अल्पकालीन कारोबार घटेको हो।

निक्षेप बढ्दा छोटो अवधिका लागि अन्य बैंक तथा फाइनान्स कम्पनीहरुसँग सापटी लिने तथा दिने क्रम बैंकिङ क्षेत्रमा घटेकाले यसो भएको हो । कर्जाको माग नहुँदा कर्जा बिस्तार बढ्न सकेको छैन। सो कारण पनि बैंकहरुलाई अन्तरबैंक कारोबारको आवश्यकता कम भएको हो।

Esewa
Crest

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता उपलब्ध हुँदा अन्तरबैंक कारोबार घटेको हो। बैंकहरुसँग लगानीयोग्य सहज हुनु नै अन्तरबैंक कारोबार घट्नुको मुख्य कारण हो।

बैंकरहरुका अनुसार अन्तरबैंक कारोबार कुनै बैंकसँग बढी र कुनै बैंकसँग कम नाफा भएमा बढी मात्रामा हुन्छ। तर, पछिल्लो समय प्रायः बैंकहरु नाफामा नै रहेकाले यस्तो कारोबारमा कमी आएको उनीहरु बताउँछन्।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले मात्र २ खर्ब ४२ अर्ब ७९ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ५२ अर्ब ६४ करोड गरी कुल दुई खर्ब ९५ अर्ब ४३ करोडको अन्तरबैंक कारोबार गरेका छन् ।

यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ खर्ब रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब ७१ अर्ब २५ करोड र बिकास बैंक र फाइनान्स कम्पनीहरुले ३१ अर्ब २० करोड रुपैयाँ समेत गरी कुल ४ खर्ब २ अर्ब ४५ करोडको अन्तरबैंक कारोबार गरेका थिए ।

पछिल्लो समय अन्तरबैंक ब्याजदर पनि घट्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार २.७३ प्रतिशत मात्रै अन्तरबैंक कारोबारको औसत ब्याजदर रहेको राष्ट्र बैंकको तथ्यांक छ।

अन्तरबैंक कारोबार घटेपछि यसको असर ब्याजदरमा पनि परेको छ । २०८१ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९६ प्रतिशत रहेकोमा २०८२ असोजमा १.९१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असोजमा ३ प्रतिशत रहेकोमा २०८२ असोजमा २.५८ प्रतिशत रहेको छ ।

२०८२ असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर ५.५६ प्रतिशत, विकास बैंकहरुको ७.९२ प्रतिशत र फाइनान्स कम्पनीहरुको ८.४८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर ७.२९ प्रतिशत, विकास बैंकहरुको ९.१३ प्रतिशत र फाइनान्स कम्पनीहरुको १०.३५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS