IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ ।उक्त कार्यक्रम जेठ १४ गते धनगढीको होटल फ्लोरामा (पौवा होटल) सञ्चालन गरिएको हो ।

कोषकी प्रवन्धक मन्दिरा थपलियाको सभापतित्वमा सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाहीको प्रमुख आथित्यमा होटल फ्लोरामा (पौवा होटल) आयोजित यो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका वित्तीय संस्थाका प्रदेश प्रमुख, बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारीका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कोषको केन्द्रीय कार्यालयका कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलियाले कर्जा सुरक्षण सम्बन्धमा तथा सुुदुरपश्चिम प्रदेश धनगढीका शाखा प्रमुख रामचन्द्र पराजुलीले पशुधन सुरक्षण सम्वन्धी प्रस्तुतीकरण दिएका थिए ।

साथै,प्रबन्धक मन्दिरा थपलियालेले कोषले सञ्चालन गरिरहेका कार्यक्रमहरुको सम्बन्धमा सहभागीहरुले गरेका विभिन्न जिज्ञाशाहरुको जवाफ दिएकी थिइन् ।

यस कार्यक्रमले पशुधन सुरक्षण कार्यक्रमलाई सरल र सहज बनाउँदै पशुपालन क्षेत्रको जोखिमलाई कम गर्न र कर्जा सुरक्षण कार्यक्रमले सदस्य संस्थालाई तरलता व्यवस्थापन गर्न कोष सदैव तत्पर रहेको बताइन् ।

सुरक्षित कर्जाको दावी प्रकृया क्षतिपूर्ति दावी भूक्तानी सरल र सहजीकरण गर्न क्षतिपूर्ति दावी भूक्तानी विनियमावली बनेपछि सहज भएको सहभागीले बताए ।

कोषका तर्फबाट सुदुरपश्चिम प्रदेशमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुशपालन क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न र पुशपालक ऋणीले खरिद गरेको पुशधनको कोषमा सुरक्षण गराउन आग्रह समेत गरे ।

सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाहीले सुदुरपश्चिम प्रदेशका युवा उद्यमीलाई विभिन्न ९९ वटा सहकारी मार्फत लगानी गरी उद्धमशीलतामा प्रेरित गरेको हाल प्रदेश सरकारले यस प्रदेश भित्रका स्वोरोजगारमा संलग्न हुन ईच्छुक युवालाई रोजगारी सृजना गर्न तथा आय आर्जन बृद्धि गर्ने योजनालाई निक्षेप तथा कर्जा सुरक्षण कोष, सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोष र बैंक तथा वित्तीय संस्थाको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

गोष्ठी तथा अन्तरकृया कार्यक्रमको सञ्चालन कोषका धनगढी शाखा प्रमुख रामचन्द्र पराजुलीले सञ्चालन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS