IME Life New

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो।

कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल गरिएको थियो। साथै बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र तिनका समाधानका उपायबारे सरोकारवालाहरूबीच विचार आदान–प्रदान भएको थियो। कार्यक्रम सञ्चालन सहायक निर्देशक सचिन राईले गरेका थिए ।

Esewa
Crest

छलफलका क्रममा नेपाल बीमा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले बीमा नगरी सवारी साधनको विलबुक नवीकरण नहुने व्यवस्था सकारात्मक भए पनि सबै कागजपत्र पूरा गर्दा पनि दाबी प्रक्रिया ढिलो हुने समस्या रहेको बताए। यसले बीमा प्रणालीप्रति विश्वास घटाउने गरेको उनीहरूको भनाइ थियो।

कोशी बस व्यवसायी संघका नेत्रलाल थापाले केही बीमा कम्पनीले मात्र ‘नो क्लेम डिस्काउन्ट’ दिने र सवारी नामसारीपछि उक्त सुविधा नपाइने गुनासो गरे । साथै बीमा दाबी प्रक्रिया जटिल रहेको र अस्पतालमा उपचारका क्रममा सक्कल बिल हराएमा प्रमाणित कागजात पेश गर्दा पनि दाबी नपाइने समस्या रहेको उनले उल्लेख गरे ।

त्यसैगरी नक्कली तथा किर्ते बीमा अभ्यास रोक्न प्रभावकारी अनुगमन र छानबिन आवश्यक रहेकोमा जोड दिइएको थियो। ट्यांकर व्यवसायी संघका अध्यक्षले पनि बीमा दाबी प्रक्रियामा देखिएका समस्याबारे जानकारी गराउँदै समाधानका लागि प्राधिकरणसँग सहयोगको आग्रह गरे ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख गोपाल दाहालले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक क्षति न्यूनीकरणका लागि बीमा प्रक्रियामा सहभागी हुन सबै यातायात व्यवसायी र सेवाग्राहीलाई आग्रह गरे ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी प्रमुख प्रिती देवले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कार्यालयले आवश्यक पहल गर्ने बताए । उनले समयमै बीमा नवीकरण गर्न र दाबी प्रक्रिया बुझेर सहभागी हुन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS