IME Life New

अध्यागमन कर्मचारीका लागि ल्याइयो ‘एकीकृत जबाफदेहीता फ्रेमवर्क’, विशेषता यस्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आज असार ३० गतेबाट कर्मचारीका लागि ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ लागू गरेको छ।

आफ्ना कामप्रति जबाफदेही बनाउन कार्यालयले यो फ्रेमवर्क तयारी गरी लागू गरेको हो। फ्रेमवर्कमा कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट उल्लेख गरिएको छ।

Esewa
Crest

फ्रेमवर्कमा काममा कुनै त्रुटि वा समस्या देखिएमा कुन प्राथमिक रुपमा को जिम्मेवार हुने र अन्तिम जबाफदेही को हुने भनी स्पष्टता पारिएको छ। फ्रेमवर्कले नेपाली नागरिकको प्रस्थान, विदेशी नागरिकको आगमन तथा बसाइ र प्रक्रियागत त्रुटि गरी तीन क्षेत्रमा वर्गीकृत गरेर कार्यालयबाट हुने कारबाहीको व्यवस्था पनि गरिएको छ।

नेपाली नागरिकको प्रस्थानसम्बन्धी

आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाएर फिर्ता भएमा डेस्कमा खटिएका अधिकृत प्राथमिक जिम्मेवार र सुपरिवेक्षकका रुपमा रहेका वरिष्ठ अध्यागमन अधिकृत अन्तिम जबाफदेही हुनेछन्। कार्यालयले उनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

यसैगरी नक्कली वा फर्जी कागजात प्रयोग गरी यात्रा गरेको पाइएमा सम्बन्धित व्यक्तिका साथै त्यसमा संलग्न मेनपावर तथा कन्सल्टेन्सीलाई प्राथमिक जिम्मेवार बनाएर अध्यागमन कार्यालयले मुलुकी अपराध संहिताअनुसार कारबाही अघि बढाउन पाउनेछ।

प्रतिबन्धित व्यक्तिले यात्रा गरेको पाइएमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई जिम्मेवार बनाएर अध्यागमन कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा लेखी पठाउन सक्नेछ।

विदेशी नागरिकको आगमन र बसाइसम्बन्धी

नेपाल प्रवेशमा रोक लागेका व्यक्तिले भिसा वा आगमन अनुमति पाएमा अनुमति दिने अधिकृतलाई जिम्मेवार बन्नुपर्नेछ। त्यस्ता विदेशीलाई कानुनबमोजिम देश निकाला गर्न कार्यालयले अध्यागमन विभागमा लेखी पठाउने र भिसा जारी गर्ने अधिकृतमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ।

भिसा नवीकरण नगरी लामो समय बस्ने विदेशी नागरिकलाई अध्यागमन विभागले कानुनअनुसार शुल्क, विलम्ब शुल्क र जरिवाना तिराएरमात्र नवीकरण गरिनेछ वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गर्न सक्नेछन्।

प्रक्रियागत त्रुटिसम्बन्धी

आगमन छापा नलगाई यात्रु बाहिर आएमा, यात्रुलाई धेरै बेर होल्डमा राखी उडान प्रभावित पारेमा राहदानीमा छाप नलगाई प्रणालीमा मात्र प्रविष्टि गरेमा, भिसा शुल्क बैंकमा तिरे पनि बिना भिसा प्रवेश गराएमा वा भिसामा केरमेट गरेमा वा स्ट्याम्प नबुझिने गरी लगाएमा सम्बन्धित अध्यागमन अधिकृत प्राथमिक जिम्मेवारी हुने र वरिष्ठ अध्यागमन अधिकृत अन्तिम जबाफदेही हुने व्यवस्था फ्रेमवर्कमा गरिएको छ। यी अवस्थामा अध्यागमन कार्यालयले मानक कारबाहीअनुसार गर्ने व्यवस्था र सेवाग्राही दोषी भएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS