IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा बीमकको लगानी रु. ६.६५ खर्ब माथि, सर्वसाधारणको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ।

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। बीमकहरुले मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी कुल लगानीयोग्य रकमको ३० प्रतिशत, विकास बैंकमा १० प्रतिशत र फाइनान्स कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।८३ को तथ्यांकले पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी सामान्य बढेको देखाएको छ।

समीक्षा वर्षमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ६५ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ६३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा वर्षमा बीमकको लगानी ०.३२ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा २ खर्ब २३ अर्ब २६ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष कोषले १ खर्ब ८२ अर्ब २२ करोड ९५ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको लगानी २२.५२ प्रतिशतले बढेको छ।

उता नागरिक लगानी कोषले समीक्षा वर्षमा बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ५३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष कोषले १ खर्ब ३३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो। कोषको लगानी १५.३१ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा बैंकहरुमा सर्वसाधारणको ५३ खर्ब ४९ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो वर्ष बैंकहरुमा सर्वसाधारणको ४५ खर्ब ६० अर्ब १३ करोड ३४ लाख रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप १७.३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS