IME Life New

कृषी बीमामा बीमकको झेल, अनुदान दुरूपयोगका लागि अधिक बीमाङ्क कायम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले कृषी तथा पशुपन्छी बीमामा अनुदान रकम दुरूपयोगमा निर्जीवन बीमकको संलग्नता औँल्याएको छ।

महालेखाले ६२औँ वार्षिक प्रतिवेदनमा बीमा अनुदानमा बीमा कम्पनीहरूले बीमाङ्क रकम बढाई बढी अनुदान माग गरेको उल्लेख गरेको छ।

Esewa
Crest

महालेखाका अनुसार, कृषी बीमाशुल्क अनुदानमा नेपाल बीमा प्राधिकरणले बीमकबाट पेश गरिएका विवरणहरूको प्रमाणीकरण प्रकृयामा कमजोरी हुनु, पशु सेवा विभाग, कृषी विभाग र बीमा प्राधिकरणबीच प्रभावकारी समन्वयको कमी लगायतका समस्याहरू देखिएका छन्।

साथै महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा समेत निर्जीवन बीमकले आर्थिक वर्ष २०७९/८० मा रु.४ अर्ब १८ करोड ४९ लाख बीमाङ्क कायम गरेर अनुदान दाबी गरेकोमा कृषी, पशु विभागले बीमकबाट पेश भएका विवरण जाँच गर्दा जम्मा रु.३ अर्ब ४७ करोड २७ लाख बीमाङ्क बराबरको बीमाशुल्क भुक्तानी योग्य रहेको थियो। अर्थात् बीमाङ्क दाबीको १७ प्रतिशत रकम विभागले अस्वीकृत गरिदिएको थियो।

विदेशी अनुदान प्राप्त कार्यक्रममा पनि अनियमितताः

कृषी बीमातर्फ माैसम सूचकांकमा आधारित बीमा अन्तर्गत स्याउ खेती बीमा गर्दा बीमकबाट मौसम सूचकांकमा बीमालेख जारी गर्दा प्रस्ताव फारममा बढी बोट संख्या कायम गरी बीमा अनुदानको दुरूपयोग गरेको उजुरी बीमा प्राधिकरणले लिएको थियो। यो उजुरी पछि प्राधिकरणले २०८१ फागुन १२ गते बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिलाई पत्राचार गर्दै अनुदानवापतको रकम रोक्का गर्न अनुरोध गरेको थियो। प्राधिकरणको पत्र प्राप्त भएपछि समितिको २०८१ फागुन १३ गतेको बैठकले बीमकलाई भुक्तानी गर्न बाँकी अनुदानवापत रु.५ करोड ८० लाख विचाराधीन राखिदिएको थियो ।

विश्वसनीयता कायम राख्न सुझावः

बीमा कम्पनीहरूबाट यथार्थभन्दा बढी रकम दाबी गर्न नदिन स्वचालित डाटा क्रस भेरिफिकेशन(विश्वसनीयता परिक्षण) विकास गर्ने,  झूठो बीमा विवरण पेश गर्ने बीमा कम्पनीलाई कानूनी कारवाही गर्न महालेखा परिक्षकको कार्यायले सुझाव दिएको छ।

बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समिति,कृषी तथा पशु सेवा विभाग, बीमा प्राधिकरण र स्थानीय तहबीच समन्वयात्मक कार्य योजना तयार गरी लागू गर्नुपर्दछ।

अनुदान दुरूपयोग रोक्न कडा अनुगमन र कारवाही प्रणाली लागू गर्ने र प्रदेश तथा स्थानीय तहलाई बीमा कार्यक्रम कार्यान्वयन तथा अनुगमनको जिम्मेवारी दिने लगायतका सुझावहरूको कार्यान्वयन गरी बीमा कार्यक्रम प्रभावकारिता अभिवृद्धि गर्न समेत महालेखाले राय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS