IME Life New

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियम मिच्ने बीमकलाई ५ करोडसम्म जरिवाना, लाइसेन्स पनि खारेजको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था पालना गराउन बीमा कम्पनीहरुका लागि कडा व्यवस्था ल्याएको छ।

प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्दशन, २०८२ जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था पालना नगर्ने बीमकलाई ५ करोड रुपैयाँसम्मको जरिवानादेखि लाइसेन्स (इजाजतपत्र) खारेजसम्मको व्यवस्था ल्याएको हो। प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र बीमा ऐन, २०७९ मा भएको व्यवस्थाबमोजिमको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो।

Esewa
Crest

बीमा प्राधिकरणले यो निर्देशन गत भदौ ४ गते स्वीकृत गरेको हो। स्वीकृत मितिबाट निर्देशन ३१ औँ दिनबाट लागू हुनेछ।

निर्देशनमा भएको व्यवस्था पालना नगरेका कारण र सोबारबाट पर्न सक्ने प्रणालीगत प्रभावको आधारमा ऐनमा भएको व्यवस्थाअनुसार प्राधिकरणले बीमा कम्पनीहरुलाई सचेत गराउनेदेखि नगद जरिवानासँगै लाइसेन्स खारेजसम्मको व्यवस्था गरेको छ। नगद जरिवाना पालना नभएका नियमका आधारमा १० लाख रुपैयाँदेखि ५ करोडसम्म रहेको छ।

त्यस्तै यो निर्देशनबमोजिम प्राधिकरणले नियम पालना नगर्ने बीमकहरुले कुनै वा सबै बीमालेख जारी गर्न रोक लगाउनेसम्मको कारबाही गर्न सक्छ।

यस्ता छन् पालना नभएको व्यवस्थामा कारबाहीका प्रकार

panishment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS