IME Life New

बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र नेप्सेबीच आज यस योजनाका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो। कुनै पनि धितोपत्र सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएको यो म्युचुअल फन्डका इकाइहरु पनि भोलि मंगलबारबाट किनबेच गर्न सकिनेछ।

Esewa
Crest

नेप्सेमा यस योजनाका कुल १२ करोड इकाइ सूचीकृत भएको छ। नेप्सेले यस योजनालाई ‘आरएसवाई’ कारोबार संकेत प्रदान गरेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धन यस योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा गत वैशाख १९ गते यस योजनाका इकाइहरु बाँडफाँट गरिएको थियो।

यो म्युचुअल फन्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS