काठमाडौं । फिलिपिन्सको बीमा नियामकले भूकम्पपीडित मिन्डावाओका बासिन्दा छिटो दाबी भुक्तानी उपलब्ध गराउन निर्देशन दिएको छ।
फिलिपिन्सको बीमा प्राधिकरणले मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्पपछि विपद् घोषित क्षेत्रहरुमा बीमा कम्पनी र प्राधिकरणद्वारा नियमन गरिएका अन्य संस्थाहरुलाई दाबी समाधान छिटो गर्न आदेश दिएको हो। प्राधिकरणका अनुसार जब पनि राष्ट्रिय वा स्थानीय अधिकारीहरुले कुनै क्षेत्रलाई विपद् घोषणा गर्छन् तब विनियमित संस्थाहरुले दाबी मूल्यांकन, स्वीकृति र भुक्तानी छिटो गर्न आवश्यक हुन्छ।
प्राधिकरणले जारी गरेको परिपत्रमा प्रभावित बीमितहरुले छिटो लाभहरु प्राप्त गर्न सुनिश्चित गर्न, हानि र क्षतिका लागि कागजात आवश्यकताहरु सरल गर्नेसहित थप लचिलो दाबी प्रक्रियाका लागि पनि आह्वान गरेको छ।
प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी सूचनाहरु र समर्थन कागजातहरु पेब गर्न दाबीकर्ताहरुलाई थप समय प्रदान गर्न पनि निर्देशन दिएको छ। यस निर्देशनअन्तर्गत बीमा प्रदायकहरुले दाबी प्रक्रियाका क्रममा बीमितहरुलाई सहयोग गर्ने, छिटो दाबी समाधान सुनिश्चित गर्न क्षति मूल्यांकनको सही कागजात कायम राख्ने र प्रक्रियालाई छिटो बनाउन सरकारसँग काम गर्ने अपेक्षा गरिएको छ। –एजेन्सी












