IME Life New

जलविद्युतमा लगानी आकर्षित र सुरक्षित गर्न बीमाको सुरक्षा आवश्यकः अध्यक्ष ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युतमा लगानी आकर्षित र सुरक्षित गर्न बीमाको सुरक्षा आवश्यक रहेको बताएका छन्।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा)को छैटौँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओझाले यस्तो धारणा राखेका हुन्। उनले जलविद्युतमा बीमाको ब्याकअप नहुँदा लगानी आकर्षित गर्न अवश्यक कठिन हुने पनि बताए।

Esewa
Crest

बीमककै साथीहरु सहभागी भएको सवालमा जलविद्युतको बीमाका विषयमा देखिएका समस्या छलफलमा राखियो भने सहज हुने अध्यक्ष ओझाले बताए। ‘राज्यको प्राथमिकतामा जलविद्युत विकास रहेको छ’, उनले भने, ‘राज्यले जलविद्युत परियोजनाको संख्या बढ्नुपर्छ भनेर प्राथमिकता तय गरेको छ।’

अध्यक्ष ओझाले बीमाको ब्याकअप नहुँदा लगानी आकर्षित गर्न कठिन हुने विषयमा सबै पक्ष जानकार रहेको बताए। ‘लगानी आकर्षित गर्न र सुरक्षित गर्नका लागि बीमाको सुरक्षा आवश्यक हुन्छ’, उनले भने, ‘बीमाको सुरक्षाका लागि पुनर्बीमा होला, पुनर्बीमाका लागि रेट्रोको प्रोटेक्सन होला ।’

विभिन्न देशका पुनर्बीमकहरुसँग कुरा गरेको उल्लेख गर्दै अध्यक्ष ओझाले जलविद्युतको बीमाको विषयमा पनि छलफल भएको बताए। ‘उहाँहरुको चासो चाहिँ रेट्रो र ब्याकिङमा नै थियो। किन हुन सकिरहेको छैन भन्ने उहाँहरुको जिज्ञासा थियो’, उनले भने, ‘किन हुन सकेन भन्ने कुरा हामी सबैलाई थाहै । हामीलाई चाहिएको हो, समाधान । हामीले कसरी बीमा हुन सक्ने संयन्त्र बनाउन सक्छौँ ? कसैलाई मर्का नहुने गरी सबैलाई हुने गरी बाटो तय गर्नुपर्छ।’

जलविद्युतको बीमामा देखिएको समस्या समधानमा निर्माको अगुवाइमा केही थप अध्ययन र अनुसन्धान हामी सुझाव आउँछ भन्ने अपेक्षा आफूले राखेको ओझाले बताए। ‘आज छलफलका क्रममा कुनै विषय उठ्यो भने त्यसले हामी गाइड गर्नेछ भन्ने मलाई विश्वास छ’, उनले भने।

पछिल्लो समय जलविद्युतको बीमा गर्ने सवालमा जुन तहको सहजता हुनुपर्ने हो, त्यो नभएको गुनासोहरु आउने गरेको ओझाले बताए। ‘इप्पानका साथीहरु हामीकहाँ आउनुभएको थियो। त्यो विषय उहाँहरुले आधिकारिक रुपमा उठाउनुभएको थियो’, उनले भने, ‘यो संस्थामा बीमा विषयमा प्राविधिक रुपमा जानकार रहेका व्यक्तित्वहरु हुनुहुन्छ। हामी पनि छलफल गरिरहेका छौँ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवालमा ।’

अध्यक्ष ओझाले बीमा क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा जनरल प्रकाशित गरिरहेको निर्मालाई धन्यवाद दिए। ‘आगामी दिन पनि निरन्तरता पाओस्’, उनले भने, ‘बीमा दायरा र चेतना अभिवृद्धिमा यो संस्थाको भूमिका रहोस्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS