IME Life New

जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार, भविष्य सुरक्षित बनाउने सन्देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनलाई केवल उत्सव र मनोरञ्जनमा सीमित नराखी भविष्यको सुरक्षा र आर्थिक सचेतनासँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, इलाम शाखामा एजेन्सी म्यानेजरको रूपमा कार्यरत पुनम पराजुलीले आफ्ना छोरा एलेक्स काफ्लेलाई जन्मदिनको उपहारस्वरूप बीमा पोलिसी हस्तान्तरण गरेकी छन्।

छोराको जन्मदिनको अवसरमा आयोजित पारिवारिक कार्यक्रममा पोलिसी हस्तान्तरण गर्दै पराजुलीले बालबालिकाको भविष्य सुरक्षित बनाउन सानै उमेरदेखि बचत र आर्थिक योजनाको संस्कार विकास गर्न आवश्यक रहेको बताइन्।

Esewa
Crest

उनका अनुसार जन्मदिनजस्ता विशेष अवसरहरूमा गरिने अनावश्यक खर्चको केही अंश दीर्घकालीन बचत तथा सुरक्षामा लगानी गर्न सके त्यसले बालबालिकाको भविष्यलाई थप सुरक्षित र सबल बनाउन मद्दत पुग्छ।

उनले भनिन्, “जन्मदिन मनाउन गरिने खर्चको केही हिस्सा बचत र सुरक्षामा केन्द्रित गर्न सकियो भने त्यो उपहार क्षणिक खुसीमा मात्र सीमित हुँदैन, बरु भविष्य निर्माणको आधार बन्छ। मैले आफ्ना छोरालाई बीमा पोलिसी उपहार दिएर यही सन्देश दिन खोजेकी हुँ। सबै अभिभावकले पनि यस्ता अवसरलाई आफ्ना सन्तानको भविष्यसँग जोड्न सक्नुहुन्छ।”

घरमै आयोजित उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इलाम शाखाका शाखा प्रमुख प्रवेश पराजुली, सेल्स अप्सरा सुबेदी, अपरेसन इन्चार्ज अभिषेक तामाङ, वरिष्ठ एजेन्सी म्यानेजर टिका खतिवडा, एजेन्सी म्यानेजर मिना पराजुली लगायत परिवारजन तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले जन्मदिनजस्ता विशेष अवसरलाई केवल औपचारिक उत्सवका रूपमा नभई बचत, जिम्मेवारी र आर्थिक सुरक्षाको संस्कार प्रवर्द्धन गर्ने अवसरका रूपमा समेत उपयोग गर्न सकिने सन्देश दिएको सहभागीहरूले बताएका छन्। पुनम पराजुलीको यो पहलले बालबालिकाको भविष्यप्रति अभिभावकको जिम्मेवारी र दूरदृष्टिको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS