काठमाडौं । बीमा क्षेत्रको पहिलो डिजिटल पत्रिका ‘इन्स्योरेन्स खबर डटकम’ ले विक्रम सम्वत २०८३ सालको लागि टेबल क्यालेन्डर सार्वजनिक गरेको छ।
क्यापिटल न्युज नेटवर्क प्रालिबाट सञ्चालित इन्स्योरेन्स खबरको आठौँ वार्षिकोत्सवका अवसरमा टेबल क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेन्डर कुल १६ पृष्ठको रहेको छ। जसमा नेपालको राष्ट्रिय फूल लालिगुराँस, विभिन्न कम्पनीका लोगो, नेप्से अनलाइन ट्रेडिङ सिस्टम सम्बन्धी जिज्ञासा तथा जवाफ र नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमा सचेतनामूलक सूचना समेटिएका छन् ।
क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारी, कार्यकारी सम्पादक जयराम गौतम, वरिष्ठ संवाददाता नानु खड्का (निर्जला), सम्बदाताद्वय इनुसा कोइराला, सुजिता भण्डारी, मल्टिमिडिया एडिटर रोमी गुरुङ र बजार अधिकृत निरोज पान्डेले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
यो क्यालेन्डर डिजिटल रुपमा इन्स्योरेन्स खबरको वेबसाइटमा पनि उपलब्ध रहेको छ। क्यालेन्डरमा पञ्चाङ पात्रो अनुसारको तिथी, नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको साथै विभिन्न चाडपर्वको मिति तिथीबारे पनि जानकारी समेटिएको छ।
Design 2083 final











