IME Life New

इन्स्योरेन्स खबरको सातौँ वार्षिकोत्सवका अवसरमा रिमा सेवा समाजलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो इन्स्योरेन्स सम्बन्धी अनलाइन पोर्टल ‘इन्स्योरेन्स खबर डट कम’को सातौँ वार्षिकोत्सवका अवसरमा ‘रिमा सेवा समाज’लाई आर्थिक सहयोग प्रदान गरिएको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित गोल्फुटारमा रहेको रिमा सेवा समाजको आश्रममै पुगेर इन्स्योरेन्स खबरको टोलीले आर्थिक सहयोगबापत ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको हो। उक्त रकमबराबरको चेक इन्स्योरेन्स खबरको प्रवर्द्धक कम्पनी क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले समाजकी अध्यक्ष एवं सञ्चालिका रिमा सापकोटालाई हस्तान्तरण गरेका थिए।

Esewa
Crest

इन्स्योरेन्स खबर बिहीबारबाट सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ। अध्यक्ष भण्डारीले वार्षिकोत्सवमा असहाय मानिसहरुलाई आश्रय दिएर समाजमा पुण्यको काम गरेको संस्थालाई आर्थिक सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए। उनले आगामी दिनमा पनि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।

समाजकी अध्यक्ष एवं सञ्चालिका सापकोटाले पवित्र उद्देश्यले लिएर स्थापित समाजलाई एउटा लोकप्रिय अनलाइन मिडियाले आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिइन्। उनले विभिन्न अवसरमा विभिन्न संस्था तथा व्यक्तिहरुले समाजलाई यसरी नै सहयोग गर्दै आएको पनि जानकारी दिइन्।

काठमाडौंको गोंगबुबाट सुरु भएको रिमा सेवा समाज हाल गोल्फुटारमा सञ्चालनमा रहेको छ। विगत ६ वर्षदेखि गोल्फुटारमा भाडाको जग्गा लिएर अस्थायी आश्रम निर्माण गरी असहायहरुलाई आश्रय दिँदै आएको सञ्चालिका सापकोटाले बताइन्। ‘अहिले यहाँ ५ बालबालिकासहित ६२ जना आश्रित छन्’, उनले भनिन्।

समाजले स्थायी आवास निर्माणको काम पनि सुरु गरिसकेको छ। ‘बूढानीलकण्ठकै भंगालमा भवन निर्माणको काम अगाडि बढाइएको छ’, उनले भनिन्, ‘त्यसका लागि विभिन्न संस्था र महानुभावहरुबाट सहयोग प्राप्त हुने अपेक्षा पनि छ।

’सडकपेटीमा अलपत्र अवस्थामा परेका असहायहरुलाई स्थानीय प्रशासन र प्रहरीको सहयोगमा आश्रय दिइरहेको सापकोटाले बताइन्। ‘अब भंगालमा भवन निर्माणपछि कम्तीमा १०० जनालाई सहज जीवनयापनको व्यवस्था गर्ने लक्ष्य रहेको छ’, उनले भनिन्।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्स खबरका कार्यकारी सम्पादक जयराम गौतम, वरिष्ठ संवाददाता नानु खड्का (निर्जला), संवाददाता इनुसा कोइराला र मल्डिमिडियाका रोमी गुरुङको उपस्थिति थियो। कार्यक्रममा समाजमा आश्रितहरुको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS