IME Life New

प्राधिकरणको गण्डकी प्रदेश कार्यालयद्वारा बीमा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले आज कातिक २ गते बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको आयोजनामा बीमाका सरोकारवालाहरु, गण्डकी प्रदेशमा अवस्थित बीमकका प्रदेश प्रमुखहरु, नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका पदाधिकारीहरु, नेपाल सर्भेयर एसोशियसन कास्की च्याप्टरका पदाधिकारीहरुको उपस्थितिमा बीमा सम्बन्धि समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई ‍औपचारिक रुपमा गण्डकी प्रदेश प्रमुखको हिसावले सुन्दर नगरी पोखरामा स्वागत गरेर कार्यक्रमको सुरूवात गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशकको अध्यक्षतामा सम्पन्न भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको चुनौतीको रुपमा रहेको Cash Back सम्बन्धि समस्या निरूपण गर्न प्राधिकरणले गृहकार्य गरिरहेको बारेमा प्रष्ट पारे । Cash Back सम्बन्धि कसूरमा जो कोही लाइ छुट नहुने भन्दै बीमकका कर्मचारीहरुले त्यस्तो कार्यमा संग्लन भएको पाइएमा कसूर उपर दण्ड सजाय समेत हुने र बीमकलाई समेत कारबाही हुने बारेमा जानकारी दिए ।

साथै, बीमा सम्बन्धि नीति नियममा कुनै परिमार्जन आवश्यक भएमा बीमा प्राधिकरणमा मेल मार्फत जानकारी दिन आग्रह गरेका थिए । बीमा अभिकर्ताको दर्ता तथा खारेजी सम्बन्धि व्यवस्थाको बारेमा समेत सरोकारवालाहरुलाई भएका अन्योलका बारेमा प्रष्ट पारेका थिए ।

निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलले बीमा व्यवसायलाई स्वस्थ्य प्रतिस्पर्धि बनाउन बीमाकर्मीको योगदान रहेको विषयमा स्पष्ट पार्दै नीति नियम बमोजिम कार्य गर्न सहभागीहरुलाई आग्रह गरे ।

निशा पोखरा च्याप्टरका संयोजक बुद्धीराज अधिकारीले सर्भेयरहरुलाई साना तिना दाबीमा क्षतिमूल्याङ्कन गर्ने व्यवस्था गर्न सक्दा नयाँ सर्भेयरहरु पलायन हुने अवस्था सिर्जान नहुने हुँदा सो सम्बन्धी व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गरे ।

पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले नयाँ जीवन बीमा अभिकर्ताको योग्यतालाई परिमार्जन गरी एसएलसी बनाउनुपर्नेमा जोड दिए । साथै उक्त कार्यक्रममा प्रचलित ऐन, बिनियमावली, निर्देशिका, कार्यबिधी र परिपत्र बमोजिम बीमा ब्यवसाय सञ्चालन गर्न बीमाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS