IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट नेपालले पाउन सकेन सक्षम सीईओ, थप प्रतिस्पर्धाका लागि आवेदन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नियुक्ति प्रकृया लम्बिएको छ। प्रमुख कार्यकारी पदमा नियुक्तिका लागि पर्याप्त आवेदन नपरेको र संक्षिप्त सूचीमा परेकाहरुबाट अपेक्षित प्रस्तुतीकरण नभएको भन्दै आईआईएनले पुनः सूचना प्रकाशन गरेको छ।

आईआईएनले सार्वजनिक सूचना प्रकाशन गर्दै सीईओ नियुक्तिलाई थप प्रतिस्पर्धी बनाउन नयाँ आवेदनका लागि १५ दिने सूचना प्रकाशन गरिएको जानकारी गराएको छ।

Esewa
Crest

यसअघि आईआईएनको सीईओ पदका लागि जम्मा ५ जनाले आवेदन दर्ता गराएका थिए। तीमध्ये तीनजनालाई छनौट समितिले संक्षिप्त सूचीका लागि नाम सिफारिस गरेको थियो। अन्तिम सूचीमा बुद्धकाजी श्रेष्ठ, सुजन सुवेदी र डा लक्ष्मीकान्त पौडेल छनौटमा परेका थिए।

यी तीनजनाको प्रस्तुतीकरण र संस्थाको अपेक्षाबीच तालमेल नखाएपछि सञ्चालक समितिले व्यापक प्रचार प्रसार गरेर सक्दो बढी उम्मेदवारी जुटाएर छनौटलाई थप प्रतिस्पर्धी बनाउन पुनः सूचना प्रकाशन गर्ने निर्णय गरेको आईआईएनको भनाइ छ। ‘कसैलाई जागिरमात्र खुवाउने हो भने जे जस्तो छन्, उनीहरुमध्ये नै कसैलाई नियुक्ति दिए भयो’, आईआईएनका एक सदस्यले भने, ‘संस्थाको अल्पकालीन र दीर्घकालीन लक्ष्य पूरा गर्न सक्ने सामथ्र्य र भिजन भएका थप प्रतिस्पर्धीहरुलाई प्रतिस्पर्धामा सहभागी गराएर लैजाऔँ भन्ने उद्देश्य हो।’

आईआईएनका अध्यक्ष सुशीलदेव सुवेदीले नियुक्ति प्रक्रियालाई चाँडै टुंगो लगाइने जानकारी दिए।

सरकारी स्वामित्वसमेत रहेको आईआईएनले दिने सेवासुविधा र पारिश्रमिक निजी क्षेत्रबाट सञ्चालित प्रशिक्षण प्रतिष्ठानहरुको तुलनामा न्यून पारिश्रमिक र सुविधा दिने भएकाले पनि खोजेजस्तो प्रतिस्पर्धीबाट आवेदन दर्ता हुन नआएको हुनसक्ने अनुमान गरिएको छ। सक्षम प्रतिस्पर्धीलाई शुरूवाती तलब सुविधा तोकेर बाँकी पारिश्रमिक वा प्रोत्साहन कार्य सम्पादन लक्ष्य प्राप्तिका आधारमा उपलब्ध गराउन सके मात्र अहिले निजी क्षेत्रका बैंकिङ एन्ड इन्स्योरेन्स इन्स्टिच्युट, केएफए, नेपाल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको प्रतिस्पर्धामा खरो उतार्न सक्ने नेतृत्व प्राप्त गर्न सक्ने जानकारहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS