IME Life New

भारतमा बीमा धोकाधडीः २०० करोड रकम ठगी, दुईजनाको हत्या, निसानामा थिए अर्का एक व्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लामा भइरहेको ठूलो बीमा धोकाधडीको घटनाको पर्दाफास भएको छ।

सम्भल प्रहरीले बीमा धोकाधडीको पर्दाफास गरेको हो। प्रहरीले अन्तरराज्यीय बीमा गिरोहको गतिविधि निगरानी गरिरहेको थियो। बीमा कम्पनीहरुबाट प्राप्त तथ्यांकको अनुसन्धानले चन्दौसी र बहजोईमा दर्यव र सञ्जय नामक दुई व्यक्तिको हत्याका घटना सार्वजनिक भउको थियो।

Esewa
Crest

गत फेब्रुअरीमा पक्राउ परेका शाहरुखको मोबाइल फोनबाट महत्वपूर्ण जानकारी प्राप्त भएको थियो। शाहरुख कमल नामक व्यक्तिको सम्पर्कमा थिए। अनुसन्धानबाट अमन नामक व्यक्तिको ७ वटा बीमा पोलिसी रहेको पत्ता लाग्यो। यी पोलिसीको कुल रकम भारु २ करोड ७० लाख थियो। यी सबै पोलिसी जुलाईदेखि सेप्टेम्बर २०२३ को बीचमा लिइएका थिए।

अमरोहाको राहरा प्रहरीचौकीमा अमनको मृत्युको मुद्दा दर्ता गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा कुनै पनि चोट भेटिएन। तर, टाउकोमा धारिलो हतियारको निशान थियो। डीआईजीको निर्देशनमा यो मुद्दा सम्भलमा सारिएको थियो।

अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि गिरोहले अमनभन्दा पहिले सलिमको पनि हत्या गरेको थियो। सलिमको हकमा भारु ७८ लाख र अमनको हकमा भारु २० लाखको बीमा दाबी गरिएको थियो।

यो गिरोहले अब रमेश नामक व्यक्तिको हत्या गर्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानबाट खेलेको थियो। यस्तो बीमा ठगीको कुल रकम भारु २०० करोडसम्म हुन सक्ने प्रहरीको अनुमान छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS