IME Life New

बेलायतमा बढ्यो बीमा धोखाधडीका घटना, एक वर्षमै रु. २.१६ खर्बको फर्जी दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बेलायतमा बीमा धोखाधडीका घटनाहरु बढ्दै गएका छन्।

एसोसिएसन अफ ब्रिटिस इन्स्योरर्स (एबीआई)को तथ्यांकअनुसार निर्जीवन बीमातर्फ सन् २०२४ मा १.१६ अर्ब पाउन्ड (लगभग २ खर्ब १६ अर्ब ९२ करोड रुपैयाँ)को बीमा धोखाधडीसम्बन्धी दाबी परेका छन्। बीमा धोखाधडीमा परेको यो दाबी रकम अघिल्लो वर्ष २०२३ को तुलनामा २ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १.१४ अर्ब पाउन्डबराबरको यस्तो दाबी परेको थियो।

Esewa
Crest

एसोसिएसनका अनुसार धोखाधडीसँग सम्बन्धित बीमा दाबी संख्या पनि १२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २०२३ मा ८१ हजार १०० वटा यस्ता दाबी परेकोमा यो संख्या बढेर २०२४ मा ९८ हजार ४०० पुगेको छ।

बेलायतमा मोटर बीमासँग सम्बन्धित फर्जी दाबी ठूलो संख्या पर्ने गरेको देखिएको छ। सन् २०२४ मा मोटर बीमासँग सम्बन्धित ५७ करोड ६० लाख पाउन्डबराबरको ५१ हजार ७०० वटा फर्जी दाबी परेका छन्। यो संख्या र रकम अघिल्लो वर्ष २०२३ को तुलनामा क्रमशः ५३ प्रतिशत र ५ प्रतिशतले बढी हो।

बेलायतमा सन् २०२४ मा सम्पत्ति बीमातर्फ पनि १८ हजार ७०० वटा फर्जी दाबी परेका छन्। यी दाबी १८ करोड ९० लाख पाउन्डबराबर रहेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो।

बेलायतमा सन् २०२४ बीमा कम्पनीहरुले ६ लाख ८४ हजार ८०० वटा फर्जी दाबी अस्वीकृत गरेको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS