IME Life New

कोशी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बाली तथा घरगोठको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुको आक्रमणबाट हुने घरगोठ र बालीनालीको बीमा गरिदिने दिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमार्फत यस्तो बीमाका लागि रकम विनियोजन गरेको हो।

Esewa
Crest

बजेट वक्तव्यमा भनिएको छ, ”मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व कायम गर्न वन्यजन्तुका आहारा तथा बासस्थान व्यवस्थापन, संरक्षण, राहत क्षतिपूर्ती बाली तथा घरगोठको बीमाका लागि बजेट विनियोजन गरिएको छ।”

प्रदेश सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि ३ अर्ब ५१ करोड ७१ लाख रूपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमात्र यो रकम विनियोजन गरेको हो ।

स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा पहुँचका हिसाबले बागमती प्रदेश बाहेकका बाँकी ६ प्रदेशमा कोशी प्रदेश शिर्ष स्थानमा पर्छ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने जनसंख्या प्रतिशतको आधारमा कोशी सातै प्रदेशमध्ये शिर्ष स्थानमा छ। कोशीको कुल जनसंख्याको ४९ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार, कुल ४९ लाख ६१ हजार ४ सय १२ जना जनसंख्या रहेको कोशी प्रदेशमा ४९.४९ प्रतिशत अर्थात् २४ लाख ३९ हजार ४ सय २५ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा जिल्लामा भएको छ । सबैभन्दा न्यून सोलुखुम्बुमा रहेको छ।

कोशी प्रदेशको बजेट आर्थिक वर्ष २०८२।८३ मा स्वास्थ्य क्षेत्रको लागि विनियोजित बजेट

स्वास्थ्य बीमा बोर्डका अनुसार झापामा सबैभन्दा बढी ७५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ६ सय ७८ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरी सोलुखुम्बुमा कूल जनसंख्याको १३ प्रतिशत अर्थात् १२ हजार ८ सय ६५ जना मात्र स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् ।

प्रदेश सरकारले, प्रदेश मातहतका सरकारी अस्पतालबाट सेवा लिने लक्षित वर्गका गर्भवती महिलाको स्वास्थ्य जाँच एवम दश वर्ष मुनीका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारको आवश्यक व्यवस्था मिलाएको बजेट वक्तव्य मार्फत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS