IME Life New

इन्स्योरेन्स शिक्षा: अलैची खेतीको बीमा कसरी गर्ने ? पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: नेपाल एक कृषि प्रधान मुलुक हो । नेपालको तराई प्रदेशलाई अन्न भण्डारको रुपमा पनि चिनिन्छ । नेपालमा कृषि व्यवसायको राम्रो सम्भावना रहेता पनि उचित रुपमा कार्यान्वयन हुन सकेको छैन् । कृषि क्षेत्रमा विकसित भएका विभिन्न किसिमका उपकरणहरुको प्रयोग हुन नसक्नु साथै आर्थिक अवश्थाको पहँच नहुनु जस्ता थुप्रै कारणहरुले नेपालको कृषि व्यवसाय फस्टाउन सकेको छैन् । लगानिको सुरक्षा नहुँदा व्यक्तिहरु कृषि व्यवसायमा लगानि गर्न त्यति मन लगाउदैनन् । यस्तो परिस्थितिमा नेपालको कृषि व्यवसाय फस्टाउन सकेको पाईदैन ।

नेपाल सरकारले बाली तथा पशु बीमा कार्यक्रम ल्याएसँगै कृषकहरुमा पनि केहि हदसम्म आशाको बाटो खुल्ला भएको पनि देखिन्छ । कृषि बीमा कार्यक्रमले भने कृषकहरुको बालिनालिमा हुने जोखिमको भारलाई कम गर्छ । अर्थात् किसानहरुमा पर्न गएको जोखिमको रक्षावरण गर्ने छ ।

Esewa
Crest

विश्वमै सवैभन्दा बढी अलैची उत्पादन गर्ने देशको रुपमा नेपाल रहेको छ । अलैची एक नगदे बाली हो, यसबाट कृषकले छिट्टै आम्दानी लिन सक्नेछन् । सरकारले ल्याएको बाली तथा पशु बीमा अन्तर्गत अलैची खेती बीमालेख पनि पर्दछ । हामी जो अलैची खेतीमा संलग्न छौ वा हुनेवाला छौँ र बीमा गर्न इच्छुक छौँ भने पक्कै पनि अलैची खेती बीमालेखका बारेमा बुझन जरुरी छ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
यदि अलैची बीमा समयावधि भित्र अलैचीको हानि नोक्सानि भएमा लागत मुल्य अनुसारको क्षतिपुर्ति रकम भुक्तानि गरिन्छ । आगलागि, भूकम्प, खडेरी, पहिरो हसिना, हिँउ, किरा तथा रोगबाट हुने आनि नोक्सानिको रक्षावरण गर्छ । यस्तो क्षति हुँदा ९० प्रतिशत सम्म रकम बीमित लाई भुक्तानि गरिनेछ ।

क्षतिपुर्ति नदिने अवश्थाहरु
सवै अवस्थामाहरुमा बीमालेखले दाबी भुक्तानी भने दिदैन् । अलैचीखेती भनी वा निजको परिवारले लापरवाहिका व्यवहारको कारणबाट क्षति भएमा, कानुनी निकायको आदेशमा बीमा गरिएको अलैची खेतीलाई नष्ट गर्नु परेमा, बीमा गरिएको अलैची यदि चोरी भएमा, युद्ध, अतिक्रमण, जस्ता कारणबाट बीमा गरिएको अलैची नष्ट वा क्षति भएमा, अलैची खेती भनीले बीमा प्रस्ताव फाराममा विवरण्हरु झुट्टा विवरण दिएमा रअलैचीको बाझोपनको कारणबाट अलैची उत्पादन नभएमा यस बीमालेखले सुरक्षण गर्दैन ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारण बाट बीमितको अलैची खेतीको हानी भएमा सोको १५ दिन भित्र बीमक समक्ष कागजातहरु पेस गर्नुपर्दछ । सक्कल बीमालेख भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाउँ पालिका÷नगरपालिका वा कम्तिमा नजिकको २ जना छिमेकि, संधियारको मुचुल्का र क्षति भएको अलैचीको फोटो समेत पेश गर्नु पर्दछ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS