IME Life New

बीमाको दायरा ५० प्रतिशत नाघ्यो: डिजिटल रुपान्तरण र ग्रामीण पहुँचमा अध्यक्ष पौडेलको जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमाको पहुँच विस्तारका लागि मुख्य तीनवटा चुनाैती औंल्याएकी  छिन् । प्राधिरकरणको ५८औँ वार्षिकोत्सव विशेषांकमा शुभकामना सन्देशमार्फत् अध्यक्ष पाैडेलले परम्परागत सोच, उपयुक्त वातावरणको अभाव र जनगुनासो व्यवस्थापनलाई बीमाको पहुँच विस्तारको चुनाैतीका रूपमा औंल्याएकी हुन्।

उनको सन्देशमा संख्यात्मक हिसाबले कुल जनसङ्ख्याको ५० प्रतिशत हिस्सा बीमाको दायरामा समेटिएपनि बीमालाइ सरल, सहज र पहुँचयोग्य बनाउनुपर्ने चुनाैती बाँकी नै रहेको उल्लेख छ।  बीमालाई ‘बोनश’ प्राप्त गर्ने माध्यमका रूपमा मात्र बुझ्ने प्रवृत्ति परम्परागत सोचमा परिवर्तन गर्न, बीमा सेवालाई प्रविधिमैत्री र समावेशी बनाउन  र बीमा सम्बन्धी जनगुनासोलाई तत्काल सम्बोधन गरी नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिएकी छिन् ।

Esewa
Crest

अध्यक्ष पौडेलका अनुसार अनिवार्य गरिएको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख समेत गर्दा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालको ५०.३१ प्रतिशत जनसङ्ख्या बीमाको दायरामा आएका छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा बीमाशुल्क संकलनको अनुपात बढ्दै जानुले अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान सुदृढ हुँदै गएको पुष्टि गर्ने उनको भनाइ छ ।

नियामक निकायका रूपमा प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित, नियमित र पारदर्शी बनाउन सक्रिय भूमिका खेलिरहेको अध्यक्ष पौडेलको दाबी छ । उनका अनुसार प्राधिकरणले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट गुणस्तरीय र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने, बीमितको हक हित संरक्षणलाई प्राथमिकतामा राख्ने र बीमा कम्पनीहरूको वित्तीय अवस्था सबल बनाउन लगानी विविधीकरणमा जोड दिने प्रयास जारी राखेको छ।

बीमाको पहुँचलाई ग्रामीण र तल्लो तप्कासम्म पुर्‍याउन प्राधिकरणले तीनवटै तहको सरकार र विभिन्न निकायहरूसँग समन्वय गरी बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, बीमा कम्पनीहरूलाई डिजिटल माध्यमबाट बीमा गराउने र दाबी भुक्तानी दिने व्यवस्था गर्न प्रोत्साहन गर्ने र नागरिकको आवश्यकता अनुसारका नयाँ र समसामयिक बीमालेखहरू जारी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

अध्यक्ष पौडेलले बीमालाई आर्थिक सुरक्षाको सशक्त वित्तीय औजारका रूपमा स्थापित गर्न र देशको आर्थिक विकासमा यसको योगदान बढाउन प्राधिकरण दृढतापूर्वक क्रियाशील रहने प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS