IME Life New

भारतमा गाडी चोरीको बहानामा बीमाको रु. ३२ करोडको झ्वाम, विदेश भाग्न लाग्दा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजस्थानमा गाडी चोरीको बहानामा बीमाको करोडौँ रकम झ्वाम पारेको खुलासा भएको छ।

राजस्वको बाडमेर प्रहरीले गाडी चोरीको बहानामा बीमा करोडौँ रकम हडप्न सफल गिरोहका एक सदस्यलाई पक्राउ गरेपछि घटनाको पर्दाफास भएको हो। एसपी नरेन्द्र सिंह मिणाका अनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य योजनाकार सता राम छन्। उनलाई विदेश भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

Esewa
Crest

सता राम नेतृत्वको समूहले गाडी चोरीको १२ वटा फर्जी दाबीमार्फत भार २० करोड (३२ करोड रुपैयाँ) बीमा कम्पनीहरुबाट भुक्तानी लिएको प्रारम्भिक खुलासा भएको छ।

एपी मिणाका अनुसार यो गिरोहका नाइके सता रामले आफ्नो वा आफ्ना साथीहरुका नाममा महँगा ट्रक र ट्रेलर किन्ने गर्थे। त्यसपछि उनले राजस्थानको विभिन्न प्रहरीचोकी गुडामालानी, बायतु, पचपदरा, जसोल, सिणधारी, आसोप, सेन्दडा र जैताणमा सवारीसाधन चोरीको झुठो उजुरी दर्ता गर्थे।

यो झुठो चोरीको सिफारिसका आधारमा सता रामले बीमा कम्पनीहरुबाट बीमा दाबी रकम असुल्थे। प्रहरी अनुसन्धानबाट ती चोरी भएका सवारीसाधनको अरुणाचल प्रदेशबाट नयाँ रजिस्ट्रेसन गरिएको खुल्यो। ती गाडी तेल कम्पनीहरुमा भाडामा चलाएर दोब्बर नाफा आर्जन गरेको प्रहरीले खुलाएको छ।

प्रहरीका अनुसार सता रामले चोरी भएका केही गाडी दर्ता नभएको पाइएको थियो। त्यस्ता गाडीका उनले फर्जी दस्तावेज बनाएर बीमा रकम दाबी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हालसम्म सता रामका ३ गाडी जफत गरेको छ। जुन चोरी भएको उजुरी दर्ता भएका थिए। प्रहरीले इनकम ट्याक्स तथा प्रवर्तन निर्देशालय (ईडी)मा पनि यसबारे जानकारी दिएको छ। ताकि ईडीले सता रामको अवैध तरिकाले कमाएको सम्पत्ति छानबिन होस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS