IME Life New

बीमा कम्पनीबाट रु. ५.२३ करोड सम्पत्ति शुद्धीकरण भएको आशंका, अरु क्षेत्रबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुबाट ५ करोड २३ लाख रुपैयाँ बढीको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्त वर्ष २०८०।८१ को सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। केन्द्रीय बैंकको वित्तीय जानकारी इकाइले तयार पारेको प्रतिवेदनअनुसार उक्त वर्षमा बीमा कम्पनीहरुले ६२ वटा शंकास्पद कारोबारमार्फत ५ करोड २३ लाख ६० हजार रुपैयाँ सम्पत्ति शुद्धीकरण भएको राष्ट्र बैंकमा रिपोर्टिङ गरेका छन्।

Esewa
Crest

समीक्षा वर्षमा विभिन्न निकायले कुल ७ हजार ३३८ शंकास्पद कारोबारमार्फत २३ अर्ब २६ करोड २२ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको रिपोर्टिङ राष्ट्र बैंकमा गरेका छन्। अघिल्लो वर्ष २०७९।८० मा ती निकायले ५ हजार ९३५ वटा शंकास्पद कारोबारमार्फत ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेका थिए। अघिल्लो वर्ष तुलनामा समीक्षा वर्षमा आशंकित सम्पत्ति शुद्धीकरणको रकम ३६ प्रतिशतले घटेको छ।

समीक्षा वर्ष सबैभन्दा बढी वाणिज्य बैंकहरुले सम्पत्ति शुद्धीकरणको अशंका गरेका छन्। वाणिज्य बैंकहरुबाट ६ हजार १८१ शंकास्पद कारोबारमार्फत २१ अर्ब ५ करोड ४ लाख रुपैयाँभन्दा बढी रकम सम्पत्ति शुद्धीकरण भएको जानकारी प्राप्त भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी विकास बैंकले ४९१ वटा शंकास्पद कारोबारबाट ६८ करोड १७ लाख रुपैयाँ र पीएसपी/पीएसओले १८१ शंकास्पद कारोबारमार्फत ६३ करोड १७ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको रिपोर्टिङ गरेका छन्।

त्यस्तै स्टक ब्रोकर कम्पनीले ३० करोड १ लाख रुपैयाँ, विप्रेषण कम्पनीबाट ८ करोड ३९ लाख रुपैयाँ र सहकारीबाट ३ करोड ३४ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकासहितको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी क्यासिनो, सरकारी निकाय र अन्यबाट ५५ लाख ५० हजार रुपैयाँ र लघुवित्त वित्तीय संस्थाबाट ३३ लाख ५० हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको जानकारी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनहरु कर छलीसम्बन्धी, मौद्रिक, बैंकिङ, विदेशी विनिमय, बीमा सहकारीसम्बन्धी, चिठ्ठा, जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS