काठमाडौं । शेयर बजार सोमबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा बन्द भएको हो।
यो दिन नेप्से परिसूचकमा रहेका १३ वटै समूह बढेका छन्। सर्वाधिक बढोत्तरी जीवन बीमा समूहमा ४.९४ प्रतिशतको देखिएको छ।
बजारमा आज २१५ कम्पनीको शेयरभाउ बढेको छ भने ३७ कम्पनीको घटेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल लाइफको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल लाइफः २४ करोड ८१ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २४ करोड ४३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २० करोड ७६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ३२ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः २० करोड ३२ लाख रुपैयाँ
- शिवम सिमेन्टः १९ करोड ६३ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १८ करोड ५० लाख रुपैयाँ
- गार्डियन माइक्रो लाइफः १८ करोड ४९ लाख रुपैयाँ
- राधी विद्युतः १४ करोड ५३ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः १२ करोड ६१ लाख रुपैयाँ












