IME Life New

आज र भोलि बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वर्षाका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राखेर सार्वजनिक बिदा दिइएको असोज १९ गते (आज) र २० गते (भोलि) काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले सबै बीमा कम्पनीका नाममा एउटा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले कार्य गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

Esewa
Crest

देशभर वर्षाका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर सरकारले आज असोज १९ गते र भोलि असोज २० गते सार्वजनिक बिदा दिएको छ। ‘बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले बीमित तथा ग्राहकको गुनासा तथा समस्या सम्बोधन गर्नका लागि अतिआवश्यक अवस्थामा कार्यालयमा भौतिक उपस्थित भई वा अन्य अवस्थामा घरबाटै कार्य सम्पन्न गर्न सक्ने व्यवस्था मिलाउन सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS